रासायनिक मलबारे बहस : तीन मन्त्रीका तीनथरी कुरा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

रासायनिक मलबारे बहस : तीन मन्त्रीका तीनथरी कुरा

mal

काठमाडौँ, २२ पुस । मुलुकमा रासायनिक मलको बढ्दो अभावबारे संसदीय समितिले देखाएको चासोमा तीन निकायले तीनथरी कुरा गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा, कृषिमन्त्री चक्रपाणि खनाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आ-आफ्नै तर्क गरे । तर, समस्या तत्काल हल गर्नेबारे उनीहरूले कुनै निष्कर्ष दिएनन् । यसले रासायनिक मलमा देखिएको समस्या तत्काल हट्ने सम्भावना देखिएन ।

हालै कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिको बैठकमा अर्थमन्त्री डा. खतिवडाले अनुदान दिँदा भारतमा भन्दा नेपालमा रासायनिक मल धेरै सस्तो भएका कारण फेरि भारततिरै चोरी तस्करी हुने गरेको बताए । उनका अनुसार अनुदानको समेत दुरुपयोग भएको छ । रासायनिक मलका साथै कृषि उत्पादनको अन्य तहमा, उत्पादनका अन्य प्रकारमा सरकारले दिँदै आएको अनुदानले गर्दा सरकारलाई धान्नसमेत कठिन हुन थालेको अर्थमन्त्री खतिवडा बताउँछन् ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने भएजस्तै रासायनिक मलको हकमा पनि त्यो लागू गर्नुपर्ने देखिएको अर्थमन्त्री बताउँछन् ।

मूल्यमा व्यावहारिक भएर जानुपर्ने र ५० प्रतिशतसम्मको अनुदानलाई सहज मान्न सकिने खतिवडाको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।