डडेल्धुराकाे सदरमुकाम बागवजारमा एक हप्ताको अवधीमा तीन वटा आगलागी | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

डडेल्धुराकाे सदरमुकाम बागवजारमा एक हप्ताको अवधीमा तीन वटा आगलागी

विमल जैरु

डडेल्धुरा, २० पुस । डडेल्धुरा सदरमुकाम बागवजारमा एक हप्ताको अवधीमा ३ वटा आगलागीका घटना भएका छन् । बजारमा आगो लागेको दुई दिन नपुग्दै शुक्रवार फेरी त्यही बजारमा आगलागी भएको हो ।

गत शुक्रवार डडेल्धुराको सदरमुकाम, बागबजारमा आगलागी भयो । आगलागीबाट करिव १५ लाख बरावरको धनमालको क्षतिभयो । एउटा पसल जलेर नष्ट भयो । त्यसैगरी, गत बुधवार पनि त्यही बजारमा लागेको आगोका कारण २ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भए ।

यी दुई आगलागी भएको १ हप्ता नपुग्दै बिहीवार फेरी अमरगढी स्थित बागबजारमा आगलागी भएको छ । आगलागीमा ३ वटा पसल जलेर नष्ट भएका छन् भने लाखौको धनमालको क्षति भएको छ ।

यसरी सुरक्षा लगायत सबै व्यवस्था राम्रो भएको डडेल्धुरा सदरमुकाममा भईरहेका आगलागीका घट्नाले स्थानीयहरु त्रसित भएका छन् ।

यसरी छोटो समयमा डडेल्धुरामा तीन वटा आगलागीका घटना भएपछि यस विषयमा प्रहरीले समेत छानविन शुरु गरेको छ । डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले आगलागीका घटना एउटै प्रकृतिका भएकाले शुक्ष्म रुपले अनुसन्धान भईरहेको बताए ।

१० वर्षको अवधीमा डडेल्धुरा सदरमुकाम वागवजारमा मात्रै ९ वटा आगलागीका घटना भईसकेका छन् । आगलागी कतिपय मानविय त्रुटीका कारण पनि हुने गरेका कारण सचेत हुन स्थानीय प्रशासनले सर्वसाधरलाई आग्रह समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);