सरकारले सूचना लुकाउने गरेको छ : प्रमुख आयुक्त बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सरकारले सूचना लुकाउने गरेको छ : प्रमुख आयुक्त बास्कोटा

Krishnahari baskota

काठमाडौं, २० पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लुकाउने छुट कसैलाई नभएको बताएका छन् ।

सहकारीमा सुचना बिषयक शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले सार्वजनिक महत्वका सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको बताए । सुचना माग्ने हक, अधिकार सबैको सुरक्षित रहेको उनको भनाई थियो । सरकारले सूचना लुकाउने गरेको भन्दै बास्कोटाले सुचना प्रवाहबाट मात्रै लोकतन्त्र बलियो हुने बताए ।

सहि सूचना प्रवाह नहुँदा समस्या सृजना भएको भन्दै सहि सूचना प्रवाह गर्न उनको आग्रह थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हक कार्यन्वयन हुन नसकेको बताए । अहिले पनि सूचना लुकाउने गरीएको भन्दै झाले सहि सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);