उदयपुरको रानिटारमा अझै बिजुली बलेन, स्थानिय टुकीकै भरमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

उदयपुरको रानिटारमा अझै बिजुली बलेन, स्थानिय टुकीकै भरमा

गोपाल पोखरेल
उदयपुर, १९ पुस । विद्युत विस्तारका लागि पोल गाडेको लामो समय बितिसक्दा पनि उदयपुरको चौदण्डीगढी नगरपालीका स्थित रानीटारका स्थानियले अहिलेसम्म विद्युत सेवा प्रयोग गर्न पाएका छैनन । पोल गाड्ने र तार टाँग्ने काम सकिएपनि बिद्युत प्राधिकरणको वेल्टार उपशाखाले मिटर जडान नगरिदिँदा रानिटारबासी अँध्यारोमै बस्नु परेको हो ।

भोजपु्र र उदयपुर जिल्लाको व्यापारिक बजारका रुपमा विकास हुँदै गरेको उदयपुरको चौदण्डीगढी नगरपालिका १ रानिटारमा अझै बिजुली बत्ती बल्न सकेको छैन । बिगत ५ महिनायता रानिटार गाउँभरि जताततै बिजुलीका पोल गाडिएका छन् ।

ती पोलमा जोडिएका बिजुलीका तारमा बिजुली पनि छ । तर उज्यालोका लागि यहाँका स्थानीयलाई टुकीको सहारा लिनुपर्ने अवस्था रहेको छ । करिव एक महिना अघि नै मिटर जडानका लागि निवेदन दिने लगाएतका सवै प्रक्रिया पूरा गरिसके पनि बिद्युत प्राधिकरणको बेल्टार उपशाखाले अहिलेसम्म मिटर जडान गरिदिएको छैन ।

रानिटारका सवैजसो घरको छानामाथि टाँगिएको तारमा बिजुली भएपनि घरमा टुकी बालेर बस्नु पर्ने अवस्था रहेको छ । भोजपुर जिल्लाका आमचोक, हतुवागढी र रामप्रसाद गाउँपालिकाका सर्वसाधारणको व्यापारिक केन्द्र बनिरहेको रानिटारबासीले एउटा मोवाइल चार्ज गर्नु पर्दा समेत एक घन्टा हिँड्नु परिरहेको छ ।

बिद्युत प्राधिकरण बेल्टार उपशाखासंग मिटर नभएको र केन्द्रबाट मागेर ल्याउनु पर्ने बताएकाले गाउँमा बिजुली बाल्न नसकिएको वडा अध्यक्ष रोहित तामांगले जानकारी दिए ।

उदयपुर जिल्लाको पूर्वि क्षेत्रको सवैभन्दा ठूलो बेल्टार बजारदेखि ३५ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने रानिटार व्यापारिक केन्द्र बन्दै गएपनि विकासका दृष्टिकोणले अझै पछाडि परेको छ । बिद्युत र सञ्चार सम्पर्कबिहीन भएका कारण सुनकोसी किनारमा रहेको र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको रानिटार क्षेत्र ओझेलमा परिरहेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);