बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

nurse

काठमाडौं, १९ पुस । देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);