एयरबस प्रकरणमा प्रधानमन्त्रीः रौँ–चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एयरबस प्रकरणमा प्रधानमन्त्रीः रौँ–चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस्

kp-oli

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबीन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबीन हुन्छ ।’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले नयाँ पत्रिकासँग भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);