नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

नेपालीले घुमेरै सके ३५ अर्ब, विदेशी पर्यटकको २५ अर्ब ५ करोड मात्रै

bidesh yatra

काठमाडौं, १८ पुस । विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्।

नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ।