काभ्रेमा हिन्दु विश्वविद्यालय स्थापना हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

काभ्रेमा हिन्दु विश्वविद्यालय स्थापना हुने

hindu biswobidhyalaya

काठमाडौं, १५ पुस । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको संस्थाले हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो । विश्वविद्यालय स्थापनाका लागि जग्गा खरिद प्रक्रिया पूरा छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले बनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गरे ।