मुबाडाला टेनिस च्याम्पियनसिपको फाइनलमा जोकोभिच र एन्डरसन | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

मुबाडाला टेनिस च्याम्पियनसिपको फाइनलमा जोकोभिच र एन्डरसन

djokovic-anderson

एजेन्सी, १४ पुस । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यूएईमा जारी मुबाडाला टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । उनले उपाधिका लागि दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग खेल्नेछन् ।

आबुधाबीमा भएको खेलमा विश्व नम्बर एक खेलाडी जोकोभिचले रसियाका कारेन काचानोभलाई हराउँदै उपाधि नजिक पुगेका हुन । जोकोभिचले काचानोभलाई पहिलो सेटमा ६–४ पराजित गरे भने दोस्रो सेटमा ६–२ को जित निकाले ।

तीन पटकका विजेता जोकोभिचले फाइनलमा साविक विजेता दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग प्रतिस्पर्धा गर्नेछन् । केभिनले स्पेनिस खेलाडी रफायल नाडाललाई हराएर फाइनल प्रवेश गरेका हुन् । उपाधि रक्षा गर्ने अभियानमा रहेका एन्डरसनले नाडाललाई दुई–एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

विश्व वरीयतामा छैटौँ स्थानमा रहेका एन्डरसनले नाडालको एक सेटको अग्रतालाई उल्ट्याएका हुन । उनले पहिलो सेट ४–६ ले गुमाए पनि त्यसपछि लगातार दुई सेट आफ्नो नाममा लेखाए । जसमा दोस्रो सेट ६–३ ले जिते भने तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे । फाइनल खेल शनिबार राति हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);