बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस्

Bamjan-Pidit-Pariwar

काठमाडौँ, १४ पुस ।  आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।

उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरेर बम्जनको आश्रममा वर्षौं बसेकाहरू कहिल्यै घर नफर्केको र खोज्दा पनि नभेटिएकाले कि सास, नभए लास खोजिदिन माग गरेका हुन् ।

मकवानपुरकी एक आनी र एक पुरुष, सर्लाही र नुवाकोटका एक–एक आनी हराएको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भइसकेको छ । नुवाकोट म्यागङ गाउँपालिका–३, देउरालीकी गंगामाया तामाङ दुई वर्षयता साइँली बहिनी कर्मा भनिने चिनिमाया तामाङलाई खोजिरहेकी छन् । आश्रममा बस्न आएपछि रामबहादुर बम्जनले चिनीमायालाई चुन्मो नाम दिएका थिए । नाम फेरिएकी यिनै चुन्मो ६ वर्षयता हराइरहेकी छन् । उनी कहा“ छिन् ? कहा“ गइन् ? ज्युँदै छिन् कि छैनन् भन्ने प्रश्नको उत्तर न उनले बम्जनबाट पाएकी छिन् न आश्रममा रहेकाहरूबाटै ।

२०६८ सालदेखि बम्जनको आश्रममा लागेकी उनकी बहिनी २०६९ मा एकचोटि घर आएकी थिइन् । केही दिन बसेर आश्रममै फर्किइन् । त्यसपछि आएकी छैनन् । न फोन र अन्य माध्यबाट सम्पर्क नै गरिन् । बहिनी हराएपछि गंगामाया उनलाई खोज्न सबैतिर चहारिन् ।

बम्जनलाई गुरु मानेर घर छोडेकी बहिनी आश्रमबाट नफर्केपछि मनमा चिसो पसेको उनले बतँइन् । उनले आफ्नो शंका सुनाइन्, ‘बम्जनलाई नराम्रो सोचेको हैन तर उनको आश्रममा बस्दाबस्दैकी बहिनी बेपत्ता भएपछि शंका लागेको हो ।’ गंगाले बहिनीजस्तै अरू थुप्रै आनी बम्जनको आश्रमबाट हराएको खबर सुनेपछि चिन्ता झनै बढेको बताइन् । उनले भनिन्, ‘मरेको भए लास पाऊ“, जिउ“दो भए सास ।’

त्यसो त बम्जनको चेला बनेर वर्षौं उनकै आश्रममा बिताएका अन्य चेली पनि सम्पर्कमा छैनन् । ती सबैको परिवारको चिन्ता गंगामायाकै जस्तो छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ का वीरबहादुर रुम्बा तीन वर्षयता हराएकी छोरी फूलमायाको खोजीमा छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);