चालु आर्थिक वर्ष भित्र कृषिमा ९ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

चालु आर्थिक वर्ष भित्र कृषिमा ९ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रधानमन्त्रीको दाबी

kp sharma oli

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्ष भित्र कृषिमा ९ प्रतिशत आर्थिक वृद्धि गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री अाेलीले यस्ताे बताएका हुन् ।

उनले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरेका छन् । उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा गरे ।

 प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घट्न सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अव रफ्तारका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले सरकार ‘कठैबर’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनियाँले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी गरे । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);