विवेकशील साझामा विवाद | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

विवेकशील साझामा विवाद

bibekshil

काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् ।

अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भुमिका नदिएको उनीहरूको आरोप छ ।

पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता÷कार्यकर्ताहरूसँग छलफल गरेर काठमाडौँ फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेतृ तथा स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);