६ महिनाभित्रै महाधिवेशन गर्न सिटौलाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

६ महिनाभित्रै महाधिवेशन गर्न सिटौलाको आग्रह

krishna-sitaula

काठमाडौं, १३ पुस । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महासमिति भेलाबाट पारित विधान कार्यान्वयन गर्न छिटोभन्दा छिटो महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधानअनुसार पार्टीका सबै निकाय गठन गर्नुपर्ने र विधानले समेत बाटो खुला गरेकाले त्यसमा ढिलाइ गर्न नहुने जिकिर गरे।

‘मेरो विचारमा त अबको ६ महिनाभित्रै महाधिवेशन गरे पनि हुन्छ’, उनले भने, ‘यदि त्यो नभए चैत मसान्तभित्र सर्वसम्मत तरिकाबाट विधानले भनेअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार प्रदेश, क्षेत्र र स्थानीय तह हामीले निर्माण गर्नु पर्छ।’ उनले पार्टीको संक्रमणकालीन व्यवस्थाअनुसार पार्टी संरचना बनाए पनि महाधिवेशनमा पार्टी जानैपर्ने देखिएको दाबी गरे।

पार्टीभित्र बेथिति रहे पनि महासमिति बैठकले पारित गरेको विधान अग्रगामी भएको दाबी गर्दै सिटौलाले कार्यान्वयनमा जोड दिए। उनले भने, ‘यसको सफल कार्यान्वयन नै पार्टी नेतृत्वको सफलता हो।’ महासमितिको अन्त्यमा शीर्ष नेताहरूले एकता सन्देश दिनु राम्रो भए पनि त्यसको दिगोपनामा उनले शंका गरे। ‘इमान्दारितापूर्वक सभापति र वरिष्ठ नेताबीच एकता भएको भए यत्ति साह्रै प्रचार गर्नुको कुनै तुक छैन’, उनले भने, ‘यदि उहाँहरूले भनेअनुसार लभमा पर्नु भएको छ भने कसैले लस्ट नगरोस् भन्ने मेरो कामना छ।’

पार्टीको गत महाधिवेशनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै सभापतिमा उम्मेदवारी दिएका सिटौलाले त्यस बेलाको आफ्नो निष्कर्ष ठीक भएको दाबीसमेत गरे। ‘मैले देउवाजी र पौडेलजी दुवै जनामा नेतृत्व क्षमता नदेखेरै त्यति बेला अघि बढेको र त्यो समयक्रमसँगै पुष्टि हँुदै गएको समेत उनले बताए। पत्रकारहरूले १४ औं महाधिवेशनमा के गर्नुहुन्छ जिज्ञासा राख्दा उनले त्यसको जवाफ दिने समय आई नसकेको बताए। यसको जवाफ महाधिवेशन घोषणापश्चात मात्र दिने उनको भनाइ थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);