मुलुक अझै पनि द्वन्द्वरत अवस्थामा रहेको उच्चस्तरीय वार्ता टोलीको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

मुलुक अझै पनि द्वन्द्वरत अवस्थामा रहेको उच्चस्तरीय वार्ता टोलीको निष्कर्ष

काठमाडौं, १२ पुस । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी राजनीतिक वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बुझाएको प्रतिवेदनमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वार्ता गर्न नचाहेको उल्लेख गर्दै उनीहरुका अबैधानिक गतिविधि तत्काल नियन्त्रण गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका संयोजक पाण्डेले मुलुक द्धन्द्धरत अवस्थामा नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए ।

प्रतिवेदनमा तराईमा राज्यविरुद्ध गतिविधि गर्ने सिके राउत समूहको गतिविधिप्रति सरकारलाई चनाखो रहन भनिएको छ । संयोजक पाण्डेले सो समूहको गतिविधि नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

गत भदौं ८ गते बसेको मन्त्रीपरिषद बैठकले मुलुकमा द्धन्द्धरत पक्षहरुसँग वार्ता गरी समस्या समाधानका लागि आवश्यक सुझाव दिन पाण्डे नेतृत्वको राजनीतिक वार्ता टोली गठन गरिएको थियो ।

वार्ता टोलीले यसबीचमा २३ वटा विभिन्न समूहसँग वार्ता गरिएको पनि प्रतिवेदनमा जनाएको छ । वार्ताका क्रममा ३ वटा समूहले आफूहरुलाई हतियार बुझाएको पनि वार्ता टोलीका संयोजक पाण्डेले बताए ।