इंग्लिस प्रिमियर लिग : टोटनहृयामद्वारा बोर्नेमाउथ ५–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग : टोटनहृयामद्वारा बोर्नेमाउथ ५–० गोल अन्तरले पराजित

EPL

काठमाडौं, १२ पुस । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा टोटनहृयाम जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले बोर्नेमाउथलाई ५–० को गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । टोटनहृयामको जितमा सन हृयुङ मिनले दुई गोल गर्न सफल भए । त्यस्तै, क्रिस्टियन एरिक्सन, लुकास मौरो र हृयारी केनले समान १–१ गोल गरे । टोटनहृयामका लागि खेलको १६औं मिनेटमा नै एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको २३औं मिनेटमा सन हृयुङले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाए । खेलको ३५औं मिनेटमा मौराले गोल गर्दै टोटनहृयामलाई ३ –० गोलको अग्रता दिलाए । टोटनहृयामका लागि खेलको ६१ औं मिनेटमा हृयारी र ७० औं मिनेटमा सन हृयुङले गोल गर्दै टोटनहृयामलाई ५– ० गोलको जित दिलाए ।

यस्तै,बुधबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी लेष्टर सिटीसँग २–१ को गोलअन्तरले पराजित भएको छ । जितपछि टोटनहृयाम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले १९ खेलबाट ४५ अंक बनाएको हो । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको १९ खेलबाट ५१ अंक रहेको छ । त्यस्तै, म्यान्चेस्टर सिटीको भने १९ खेलबाट ४४ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);