भन्सारमै रोकियो ६७ लाखको चिनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भन्सारमै रोकियो ६७ लाखको चिनी

Chini

काठमाडौं, १२ पुस । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ ।

सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो ।

सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किराखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);