काठमाडौं, १२ पुस । जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ ।
विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो । जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो ।
मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो ।
तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाएको छ । जापानले द्विपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार भित्र्याउने तयारी गरेको हो ।