वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे

nepal airlines

काठमाडौं, १२ पुस । वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए। तर, महालेखापरीक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा मन्त्रीले झुठो बोलेको स्पष्ट पारेका छन्।

‘म उहाँको अफिसमा कहिल्यै पनि गएको छैन, उहाँ पनि मेरो अफिसमा आउनुभएको छैन,’ महालेखापरीक्षकले बुधबार वाइडबडीबारे अध्ययन गर्न बनेको उपसमितिमा भने, ‘वाइडबडी जहाजको विषयमा उहाँको मन्त्रालयमा वा मेरो कार्यालयमा छलफल भएको छैन। मैले उहाँलाई कुनै प्रकारको राय, सुझाव वा सल्लाह दिएको छैन।’

ताजा समाचार