इग्लिस प्रिमियर लिग फुटवल अन्तरगत १८ खेल सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

इग्लिस प्रिमियर लिग फुटवल अन्तरगत १८ खेल सम्पन्न

english

काठमाडौं, १० पुस । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले चेल्सी र आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको बताएका छन् ।

प्रिमियर लिगको १८ वटा खेल सकिएको छ । लिगको आधा खेल सकिदासम्म लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा साविक विजेता म्यान्चेस्टर सिटी लिभरपुलभन्दा चार अंकले पछाडि छ । लिगको तेस्रो स्थानमा भने टोटनहृयाम छ ।

उसको १८ खेलबाट ४२ अंक छ । लिगको चौथो स्थानमा चेल्सी रहँदा पाँचौ स्थानमा भने आर्सनल रहेको छ । चेल्सी र आर्सनलको समान ३७–३७ अंक छ ।यता, लिभरपुलका प्रशिक्षक क्लोपले भने शीर्ष पाँचौं स्थानसम्म रहेका टिमको उपाधि जित्ने सम्भावना उत्तिकै रहेको बताएका छन् ।

उनले सबैको आँखा उपाधिमै रहेको भन्दै टोटनहृयामले पनि राम्रो खेल खेल्दै आइरहेको तथा आर्सनल र चेल्सी उपाधी दौडमा रहेको बताए ।