आज क्रिसमस दिबस मनाउदै, शुभकामना आदान प्रदान सहित येशूको शिक्षा एवं उपदेशको चर्चा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

आज क्रिसमस दिबस मनाउदै, शुभकामना आदान प्रदान सहित येशूको शिक्षा एवं उपदेशको चर्चा

felt-christmas-tree-skirt

काठमाडौं, १० पुस । आज क्रिसमस दिवस । इसाई धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । क्रिसमस दिवसको अबसरमा इसाईहरु एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै येशूको शिक्षा एवं उपदेशको चर्चा गरि प्रेम प्रकट गर्ने गर्दछन् ।

क्रिसमसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताएका छन् ।

शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताएका हुन् ।