बस दुर्घटनाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

बस दुर्घटनाको शोकमा दाङका सबै शिक्षण संस्था बन्द

dang bus accident-school banda

गोपाल शर्मा भट्टराई

दाङ, ८ पुस । दाङको तुलसीपुर राम्रीमा भएको बस दुर्घटनाको शोकमा आइतबार दाङका सबै शिक्षण संस्थाहरु बन्द भएका छन् । स्थानीय तहको निर्णय अनुसार एक दिन विधालय बन्द गरिएको हो ।

गत शुक्रबार दाङको सल्यान–तुलसीपुर सडक अन्तरगत तुलसीपुर–३, राम्रीमा भएको बस दुर्घटनाको शोकमा आइतबार दाङका शिक्षण संस्थाहरु बन्द भएका छन । स्थानीय तहको निर्णय अनुसार सबै विद्यालय बन्द गरिएको हो । सधै होहल्ला, भरीभराउँ हुने दाङका अधिकांश विद्यालय सुनसान भए ।

विद्यालय बन्द हुँदा कतिपय विद्यालयहरुले लिने परीक्षा समेत रद्ध भएको छ । दाङका नीजि विद्यालयका संगठनहरुले दुर्घटनामा शिक्षकको समेत मृत्यु भएकाले आफुहरु समेत दुखित बनेको बताएका छन् । उनहरुले यो दुखदः घडीमा १ दिने विद्यालयहरु बन्द गरेर शोक मनाइएको प्रतिक्रिया दिए ।

दाङको कृष्णसेन इच्छुक स्मृती बहुप्राविधिक शिक्षालयबाट पिकनिकमा गएको बस राम्रीमा गत शुक्रवार दुर्घटना हूँदा २३ जना शिक्षक तथा विद्यार्थीको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते छन् ।

शैक्षिक क्षेत्रमा भएको यो सबैभन्दा ठूलो दुर्घटना भएकोले स्थानीय शिक्षा समितिले शैक्षिक सस्था बन्द गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);