अछाममा छाउपडि प्रथा कायमै, १३ जना किशोरी तथा महिलाहरुले गुमाईसके ज्यान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अछाममा छाउपडि प्रथा कायमै, १३ जना किशोरी तथा महिलाहरुले गुमाईसके ज्यान (भिडियोसहित)

chhaupadi pratha

सुशील भण्डारी, अछाम,  ६ पुस । सूदुरपश्चिमको अछाममा अझै पनि छाउपडि प्रथा कायमै छ । महिलाहरु महिनावारी भएको अवस्थामा ५ दिनसम्म घरदेखि टाढा एकान्तमा छाप्रो वा गोठमा बस्ने चलन अझै यथावत देखिएको हो ।

महिनावारी वा सुत्केरी भएको समयमा घरमा छुन नहुने, घर भित्र पस्न नहुने, घर भित्रको काम पनि गर्न नहुने, दुध दही जस्ता पोषणयुक्त खानेकुराहरु खानै नहुने जस्ता अमानवीय अन्धविश्वास यूगौदेखि नेपाली समाजमा चलिआएको छ ।

यो बेलामा महिलाहरु घरबाट टाढा गोठ वा छाप्रोमा बस्ने गर्दछन् । यसलाई छाउपडि प्रथा पनि भनिन्छ । यस्तो रुढीवादी चलन देशका विभिन्न ठाउँमा हट्दै गएपनि अछाममा अझै कायमै छ । अछामको ढकारी गाउँपालिका–४, बलाताका महिलाहरु महिनावरी भएका वेला अनिष्ट हुनुका साथै देबीदेवता समेत रिसाउँछन, भन्दै छाप्रोमा वस्ने गरेका छन् ।

यसरी जिल्लामा छाउपडि कुप्रथा अझै बाँकी रहेपछि स्थानीय सरकारले अभियान थालेको छ । ढकारी गाउँपालिकाले विभिन्न वडामा जनचेतनामुलक क्रियाकलाप संचालन गरेपनि अझै त्यो पर्याप्त नभएको ढकारी गाउँपालिकाकी उपाध्यक्ष, लक्ष्मी साउदले बताए ।

अछाममा छाउ भएकै कारण गोठमा बस्दा २०६३ साल यता १३ जना किशोरी तथा महिलाहरुले ज्यान गुमाएका छन् । महिनावारी भएको महिलाहरुलाई छुट्टै छाउगोठमा राख्ने र उक्त समयमा बढी विभेदपूर्ण ब्यवहार समेत हुने गर्दछ ।

बिगत देखि हाल सम्म यस प्रथाका विरुद्धमा सरकारी तथा सामाजिक संस्थाहरुले समेत वकालत गदै आएका छन् । तर, त्यो सबै झरा टार्ने मात्र देखिएको स्थानीयहरु बताउँछन् । यस्ता अमानविय कार्य रोक्न कडाईका साथ काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);