काठमाडौं, ६ पुस । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाँउमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
‘राष्ट्रपतिकै लागि भनेर हेलिकोप्टर खरिद गरेको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सरकारले गरेको निर्णय अनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा खान्न खोजिएको छ ।
त्यो हेलिकोप्टरले भिभिआइपीमात्रै बोक्दैन , दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने ।