कांग्रेस महासमितिमा महाभारत : कोइराला सिध्याउने यस्तो बन्यो रणनीति (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

कांग्रेस महासमितिमा महाभारत : कोइराला सिध्याउने यस्तो बन्यो रणनीति (भिडियो सहित)

kharo prashna with puranjan acharya

काठमाडौं, ५ पौष । । नेपाली काँग्रेसको महासमितिको बैठक अहिले पनि चलिरहेको छ । काँग्रेसको महासमिति बैठक ६ वर्ष पछि बसिरहेको छ र बैठकको मूल उदेश्य विधान संशोधन गर्नु रहेको थियो । तर, मंसिर २९ गते देखि बसेको महासमिति बैठकमा केन्द्रिय समितिले त्यही विधान नै पेश गर्न सकेन । त्यसमा छलफल चलिरहेको छ, एकातर्फ महासमिति बैठकको अर्कोतर्फ केन्द्रिय समिति र संसदिय दलको बैठक बसिरहेको छ । त्यसो गर्दा महासमितिका सदस्यहरुले बोलेको कुरा केन्द्रिय नेताहरुले न सुन्न नै सकेका छन् न ध्यान दिन सकेका छन् । महासमितिकै सदस्यहरुले पनि विधान संघिय ढाचा अनुसार बनाउन पर्छ भनिरहदा मस्यौदा नै प्राप्त नगर्दा छलफल के मा गर्ने भनेर दुखेसो पोखिरहेका छन् । यस्तो बेलका बसिरहेको महासमितिको बैठकले के सन्देश दिइरहेको छ ? लामो रस्साकस्सी पछि बसेको बैठकको उपलब्धि चाहिँ के हात लाग्दै छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);