खानेपानी संस्थानका कर्मचारी ३१ दिन देखि धर्नामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

खानेपानी संस्थानका कर्मचारी ३१ दिन देखि धर्नामा

काठमाडौं, ३ पुस । काठमाडौंको त्रिपुरेश्वरस्थित खानेपानी संस्थानका कर्मचारी ३१ दिन देखि धर्नामा बस्दै आएका छन् । शेयर बजारका लगानीकर्ताहरु पनि शेयर बजार सुधारको माग गर्दै आन्दोलनमा छन । स्थानीय तहका कर्मचारी पनि काम ठप्प पारि आन्दोलनमा छन । यसरी हेर्दा लाग्छ अहिले जताततै आन्दोलन र अनसन मात्र छ ।

खानेपानी संस्थानका कर्मचारीहरु आमरण अनसन तथा धर्नामा बसि रहेका छन । संस्थानमा कार्यकारी अध्यक्षको नियुक्तिको माग गर्दै कर्मचारीहरु ३१ दिनदेखि धर्नामा बस्दै आएका छन् । अध्यक्ष नहुँदा कर्मचारीले तलब नपाएको भन्दै कर्मचारीहरु धर्नामा बसेका हुन् ।

सरकारले कार्यकारी अध्यक्ष नियुक्त नगर्दासम्म आफनो धर्ना तथा अनशन जारी रहने धर्नामा बसेका कर्मचारीहरु बताउँछन् । अनसनमा बसेको लामो समय हुँदा पनि सरकारले सुनुवाई नगरेको कर्मचारीहरुको गुनासो छ ।

कर्मचारीले तलव नै नपाउने अवस्था आउँदासम्म सरकारले सुनेको नसुने झैं गरेपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको उनीहरु बताउँछन ।

खानेपानी संस्थान अत्यावश्यकीय सेवा प्रदायक संस्था हो । यति महत्वपुर्ण संस्थाका कर्मचारी सेवा नै अवरुद्ध हुने गरी अनसन र धर्नामा बस्दै आएका छन् ।

देशभरका स्थानीय तहका कर्मचारी पनि सोमबारदेखि आन्दोलित छन् । नगरपालिका तथा गाउँपालिका अन्तर्गत हुने सबै काम ठप्प हुने गरी स्थानीय तहका कर्मचारी आन्दोलन गरिरहेका छन् ।

यता सहिद तथा बेपत्ता नागरिकका परिवार पनि मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । जनयुद्धमा ज्यानको बाजी लगाएर व्यवस्था परिवर्तनको लागि सहयोग गरे पनि अहिले सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा आउनु परको उनीहरु बताउँछन् ।

उता शेयर बजार विग्रदा पनि बजार सुधार्न सरकारले ध्यान नदिएको भन्दै शेयर लगानीकर्ताहरु पनि लामो समयदेखि धर्ना र अनसन बस्दै आएका छन् ।

यसरी पछिल्लो समय जता हेर्यो आन्दोलन र धर्ना जस्तो मात्र देखिन थालेको छ । यसरी हुने आन्दोलनले दैनिक रुपमा हुने जनताको काम प्रभावित भएको छ । मुलुकमा शक्तिशाली सरकार भएपछि पनि यस्ता धर्ना र अनशन किन भइरहेका छन् ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);