विक्रमको स्वरमा ‘प्रसाद’ गीत रिलिज | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विक्रमको स्वरमा ‘प्रसाद’ गीत रिलिज

prasad

काठमाडौं, २ पुष । निःसन्तान दाम्पतीको कथाव्यथा समेटिएको फिल्म ‘प्रसाद’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको सार्वजनिक ‘बरै क्यारी बाँचौंला।।।’ गीतमा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर छ । शब्द तथा संगीत सुवास भुषालको छ ।

गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार अर्थात् श्रीमान्-श्रीमतीको भूमिका निभाएका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको निराशा, छटपटी र रोदन देखाउन खोजिएको छ । फिल्ममा उक्त गीत जबरजस्ती लादिएको छैन । कथाको मर्म अनुसार निर्देशकले गीतलाई स्थान दिएका छन् ।

विपिनले श्रीमानको गम्भीर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाहा गरेका छन् । अभिनेत्री नम्रताको नक्कली कपाल विर्सने हो भने उनको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । निःसन्तान पत्नीको भूमिकामा उनी फिट छिन् । यस्तै अभिनेता निश्चल बस्नेतको अभिनयमा ‘ग्रोथ’ देखिन्छ । उनी फिल्ममा नेगेटिभ रोलमा छन् ।

दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । फिल्ममा हिमाल केसीको थ्रिल छ ।

प्रदर्शनको एक हप्तामा २ करोड ग्रस विजनेश गरेको फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);