काठमाडौं, २ पुस । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा इडन हजार्ड र पेड्रोले गोल गरे । पाहुना टोली चेल्सीले १७ औं मिनेटमा पेड्रोको गोलबाट अग्रता लिएको थियो ।
३३ औ मिनेटमा हजार्डले अग्रता दोब्बर पारे । दोश्रो हाफमा घरेलु टोलिले खेलमा फर्किने संकेत गरेपनि पराजय व्यहोर्न वाध्य भयो । खेलको ६६ औं मिनेटमा मार्चले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि गोल थप्न नसक्दा ब्राइटन तीन अंक सुुम्पिन बाध्य बन्यो ।
१७ औं चरणका खेल सकिँदा चेल्सी ८ अंकले पछि परेको छ । शिर्षस्थानको लिभरपुलको ४५ अंक हुँदा उसको ३७ अंक मात्र रहेको छ । चेल्सी लिगको चौथो स्थानमा छ । चेल्सी भन्दा पछाडि आर्सनलको समान खेलबाट ३४ अंक छ । पराजित ब्राइटन २१ अंकसहित १३ औं स्थानमा रहेको छ ।