डडेल्धुरा, २९ मंसिर । सुदुरपश्चिमको डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको कार्यालय स्थापना भएको छ । संघीय सरकार अन्तर्गत रहने गरि डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना गरिएको हो ।
कार्यालयको शुक्रवार एक कार्यक्रमकाबीच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उद्घाटन गरे । कार्यालयले जिल्ला सदरमुकाम देखी ग्रामिण क्षेत्रका वजारको अनुगमनमा सहयोग पुग्ने खाद्य तथा गुणस्तर विभागले जनाएको छ ।