गर्भवती महिलाको ख्याल यसरी गर्नुहोस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

गर्भवती महिलाको ख्याल यसरी गर्नुहोस् (भिडियोसहित)

garvwati

काठमाडौं, २७ मंसिर । गर्भवस्था भनेको महिलाको लागि एक विशेष अवस्था हो । स्वास्थ मानिसको अमुल्य धन हो । स्वस्थ हुनु भनेको रोग तथा दुर्बलताबाट मात्र स्वस्थ नभई सामाजिक, शारीरिक र मानसिक रुपमा नै तन्दुरुस्त हुनु हो । गर्भवस्था एक जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुशी हुन्छ भने अर्का तिर महिलाको ज्यान जाने खतरा हुन्छ ।

हिजो आज स्वस्थ्य क्षेत्र तथा बढ्दो जन चेतनाले गर्दा गर्भवती महिलाले नियमित स्वस्थ परिक्षण गरेको पाईन्छ । गर्भवती महिलालाई अरु दिन भन्दा बढि हेरचाह र ख्याल गर्नु पर्ने हुन्छ । यस्तो सेवालाई पुर्व गर्भवती तथा प्रसुती सेवा भनिन्छ । गर्भवती सेवाले गर्भवती महिलालाई स्वस्थ रहन तथा सुत्केरी हुदाँका समस्या कम गर्न सहयोग पुर्याउँछ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्यकर्मीको ठुलो भुमिका रहन्छ । फलस्वरुप मातृदरमा पनि कमि आएको छ ।

गर्भवस्थामा विभिन्न किसिमका समयाहरु आउन सक्छन् तथापी नआत्तिकन उपचार गरे आमा र शिशुलाई राम्रो संग बचाउन सकिन्छ ।गर्भवस्थाका देखिने लक्षण, गर्भवस्थामा गर्नु पर्ने तयारी, गर्भवस्थामा हुन सक्ने सामान्य समस्याको समाधान, गर्भवस्थामा हुन सक्ने खतरा, बच्चा जन्माउने बेलामा देखा पर्न सक्ने लक्षणहरु, एउटा शिशु नजन्मे सम्म गर्भवती महिलाले कति पटक सम्म जचाउनु पर्छ ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले निर्देशक, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल प्रा. डाक्टर जागेश्वर गौतम संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);