काठमाडौं, २५ मंसिर । राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले सरकारमा जाने कुरा सम्भव नभएको कुरा बताएका छन् ।
मंगलबार बिराटनगरमा सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो वताएका हुन् । उनले सरकारको गुण र दोषका आधारमा सरकारले गरेका कार्यको समर्थन र आलोचना गरिने बताएका छन् ।
संयोजक महतोले ओली सरकारले बिभिन्न अपराधिक घटनाहरुको संरक्षण गरेर नालायकी पन देखाएका उनले आरोप लगाए । आपराधिक घटना नियन्त्रणमा सरकार सक्रियता पूर्वक लाग्न उनले सरकारलाई सुझाव दिए ।
फरक प्रसंगमा संयोजक महतोले उपेन्द्र यादबको पार्टी संग एकिकरण हुन नसक्ने बताएका छन् । सिद्धान्त नमिल्ने भएकोले एकिकरण हुन नसक्ने उनको धारणा रहेको छ ।