उदयपुर, २४ मंसिर । लघु घरेलु तथा साना उद्योगको विकास प्रवर्धन र संवर्धनका लागि उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश स्तरिय घरेलु औद्योगिक महोत्सव –२०७५ सुुरु भएकोे छ । लघु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरुको बजार अभावका कारण थुप्रै निरासाहरु देखा परिरहेको अवस्थामा यस्ता औद्योगिक महोेत्सवले केहि टेवा पुर्याउने विश्वास गरिएको छ ।
१० दिन सम्म सन्चालन हुने महोत्सवमा स्थानिय घरेलु तथा साना लघु उद्यमीको प्रबद्र्धन गरिन आयोजक ले जानकारी दिएको छ । त्रियुगा नगरपालिका सह आयोजक रहेको महोत्सवमा १० दिन सम्म स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । उदयपुरसंगै छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सिराह, सप्तरी, सुनसरी, भोजपुर लगायतका जिल्लाबाट उद्यमी आएका छन ।
महोत्सवमा एक सय स्टलहरुमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षण रहेको छ, स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकारलाई औद्योगिक मैत्री तथा लगानी मैत्री बनाउनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।