‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रतिवद्धता कार्यान्वयन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

‘म भ्रष्टाचार गर्दिन’ भन्ने प्रतिवद्धता कार्यान्वयन : प्रधानमन्त्री ओली

pradhanmantri oli

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहोर्याएका छन् । भ्रष्ट्राचार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार राजधानीमा गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिवद्धता कार्यान्वयनमा आएको दावी गरे । तर भ्रष्टाचार ‘गर्न दिन्न’ भन्ने आफ्नो भनाई पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले मुलुकमा अझै पनि भ्रष्टाचार भईरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गराउने दृढता पनि दोहोर्याए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको पनि बताउदै, बुद्धि भएकाहरुले त्यसको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाई भईरहेको उल्लेख गरे । उनले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित भएको बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तराष्ट्रिय समुदायनै एक ढिक्का हुनुपर्ने आवश्यक्ता औंल्याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष मनाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);