समृद्धि र सामाजिक न्यायको पक्षमा कलम चलाउन अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

समृद्धि र सामाजिक न्यायको पक्षमा कलम चलाउन अर्थमन्त्रीको आग्रह

yubraj khatiwada

काठमाडौं, २१ मंसिर ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको समृद्धि, विकास र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । शुक्रवार राजधनीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरुले पनि ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले संचार क्षेत्रलाई जथाभावी कमल चलाउने छुट नरहेको दावी समेत गरे ।

अर्थमन्त्री खतिवडाले स्वच्छ पत्रकारिता पत्रकारहरुको धर्म भएको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।