सरकारले दक्षिण कोरियामा पनि विमान सेवा सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सरकारले दक्षिण कोरियामा पनि विमान सेवा सञ्चालन गर्ने

nepal airlines

काठमाडौं, १९ मंसिर । सरकारले दक्षिण कोरियामा पनि विमान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान संचालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा बाह्य पर्यटकहरुको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान बिभिन्न मुलुकमा संचालन गर्ने संकल्प लिएको पनि स्पष्ट पारे ।

मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको बताए । नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ ।

मन्त्री अधिकारीले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पु¥याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);