बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने पाँच पाकिस्तानीलाई प्रवेश प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने पाँच पाकिस्तानीलाई प्रवेश प्रतिबन्ध

ministry of home

काठमाडौं, १९ मंसिर । गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो।

निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउने छैनन्।

गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए।