न्यायको माग गर्दै द्वन्द्व पीडित परिवार धर्नामा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

काठमाडौँ, ११ भदौ । सशस्त्र द्वन्द्वका बेला क्षति बेहोरेका तिन वटै सुरक्षा निकायका पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनको माग गर्दै आयोगमा धर्ना दिएका छन् ।

 

द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संघले आयोगले पीडित सुरक्षाकर्मीका परिवारलाई न्याय नदिएको भन्दै आइतबार आयोगमा धर्ना दिएका हुन् । संघले द्वन्द्वपीडित सुरक्षाकर्मीलाई पहिचान खुल्ने परिचयपत्र दिनुपर्ने, राहत रकम दोब्बर पारिनुपर्ने, घाइतेको निःशुल्क उपचार गरिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।

 

आयोगले आफ्ना मागलाई बेवास्ता गरी एकतर्फीरुपमा ऐन संशोधन गरेको भन्दै संघले धर्ना दिएको हो ।

 

धर्नाकारीहरुले द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहिद् घोषणा गर्नका लागि सिफारिस गर्न आयोगसमक्ष माग गरेका छन् । माग पूरा नभएसम्म धर्ना र विरोधका अन्य कार्यक्रमलाई निरन्तरता दिने द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संघले जनाएको छ ।