काठमाडौं, १८ मंसिर । सीताराम विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरको ऐतिहासिक रंगभूमि मैदानको सरसफाई गरिएको छ ।
नेपाली सेनाको अगुवाइमा सोमबार विभिन्न संघ–संस्था तथा प्रतिनिधिहरुले सरसफाई गरेका हुन् । सरसफाई कार्यक्रममा प्रदेश स्थित विभिन्न सरकारी कार्यालय, सेना, प्रहरी, शसस्त्र प्रहरी, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवको सहभागिता थियो ।
नेपाली सेनाले २१ गतेदेखि औपचारिक रुपमा सुरु हुने महोत्सवको लागि जन्तीको स्वागतमा वैण्ड टिमको साथै हेलिकप्टरबाट पुष्पगुच्छा आकशेमार्गबाट बर्साउने तयारी गरेको छ । यसवर्ष मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सव परेको छ ।




