निर्मला हत्या प्रकरण : प्रमाण मेट्ने पुगे प्रधानमन्त्री कार्यालय | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

निर्मला हत्या प्रकरण : प्रमाण मेट्ने पुगे प्रधानमन्त्री कार्यालय

bista and bhatta

काठमाडौं, १७ मंसिर । कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको प्रमाण नष्टमा संलग्न भएका नै अन्याय भएको भन्दै प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले जागिरमा पुनर्बहालीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूले आफूहरू अन्यायमा परेको उल्लेख गरेका छन् । केही समयअघि प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय पठाएको छ ।

यसअघि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा घटनामा प्रहरीको चरम लापरबाही औंलाउँदै विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसलगत्तै मन्त्रीस्तरीय निर्णयबाट निर्मला हत्याको छानबिनमा लापरबाही गरेको आरोपमा एसपी विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई बर्खास्त गरिएको थियो । सरकारले ती दुई प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);