फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

atmahatya

क्यालिफोर्निया, १७ मंसिर । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने ।

तिवारी हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरू वेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’

बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । राति अबेरसम्म ग्यास स्टेसनमा काममा गएर आएपछि अर्को दिन उनी अबेरसम्म सुत्ने गरेका थिए ।

‘दुई–चारपटक ढोका ढक्ढक्याउ“दा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने वेला हुँदा पनि नउठेपछि फोन गर्दा उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिराखेको थियो ।’ उनीहरूले नै प्रहरीलाई खबर गरे ।

२०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए । उनले आत्महत्या गर्नुको

कारण खुल्न सकेको छैन । साथीहरूसँग उनले पटक–पटक भाइलाई पढ्न अस्ट्रेलिया पठाउनुपर्ने कुरा गर्थे । तिवारीका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन् । दिदीहरूको बिहे भइसकेको छ ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);