काठमाडौं, १५ मंसिर । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार बेलुका ६ खेल हुँदैछन् ।
शीर्ष स्थानको म्यान्चेष्टर सिटी एएफसी बर्नमाउथसँग खेल्दैछ । सिटीको मैदान एतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने नौ बजे हुनेछ ।आजको खेलमा जित हात पारेको खण्डमा सिटीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँचमा लम्ब्याउनेछ ।
लिभरपुल भने ३३ अंक सहित दोस्रो स्थानमा छ । आजै म्यान्चेष्टर युनाइटेड भने साउथ ह्याम्टनसँग खेल्नेछ । लिगमा युनाइटेड २१ अंक सहित सातौं स्थानमा छ । यसैगरी आज बेलुका र राति गरी ला लिगामा ४ तथा सिरी ए मा ३ खेल हुँदैछन् ।