राष्ट्रपति भोलि पोल्यान्ड जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

राष्ट्रपति भोलि पोल्यान्ड जाँदै

bidhya devi

काठमाडौं, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याम्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार (मङ्सिर १५ गते) त्यसतर्फ जानु हुने भएको छ ।

भ्रमणका अवसरमा आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले कोप–२४ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुका साथै सोमबार उच्चस्तरीय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

सोमबार बिहान राष्ट्र सङ्घीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसँग भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन साँझ कोपको सम्मेलनमा सहभागी हुन आउनुभएका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सम्मानमा पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनु हुनेछ । याे खबर अाजकाे गाेरखपत्रमा छापिएकाे छ ।