देशभर मोवाइल एप्लिकेशन संचालन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

देशभर मोवाइल एप्लिकेशन संचालन गर्ने सरकारको तयारी

काठमाडौं, १२ मंसिर । सरकारले चालू आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा ‘मोवाईल एप्लिकेशन’ संचालनमा ल्याउने घोषणा गरेको छ । स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहितको सूचना समावेश गरिएको मोबाईल एप्लिकेशन चालू आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा संचालनमा ल्याउने संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना प्रविधि विभागले जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले स्थानीय तहमार्फत् नागरिकलाई प्रदान गरिने सेवाको सूचना समावेश गरिएको सो मोवाईल एप्लिकेशन चालू आर्थिक वर्ष भित्र ७ सय ५३ वटै स्थानीय तहमा संचालन गर्ने गरी कामलाई अघि बढाइएको जानकारी दिए । विभागले हालसम्म सो सेवा सय वटा स्थानीय तहमा संचालन गरेको छ ।

गत श्रावण १८ गते प्रधानमन्त्री केपी ओलीले सो सेवाको काठमाडौंमा एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए । सरकारले स्थानीय तहको सेवाबारे नागरिकलाई जानकारी दिन र त्यहाँ सुशासन सुनिश्चित गराउने उद्देश्यका साथ सो सेवा संचालनमा ल्याएको हो ।