काठमाडाैं, ११ मंसिर । श्रमिक संघ, संगठनहरुले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेकोमा आभार व्यक्त गर्दै काठमाडौंमा मंगलबार साँझ दिपावली गरेका छन् । सरकारले मंगलबार दिउँसो घोषणा गरेको सो योजनाको स्वागत गर्दै विभिन्न पार्टीका आवद्ध श्रमिक संघ, संगठनहरुले साँझ काडमाडौंको माइतीघर मण्डलामा दिपावली गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सहभागीता रहेको दिपावली कार्यक्रममा श्रमिकहरुको योगदानको कदर हुने गरी सरकारले सो योजना ल्याएको स्मरण गर्दैै खुशीयाली साटासाट गरिएको थियो ।
कार्यक्रममा मजदुर नेताहरुले आफूहरुको लामो समयको संघर्षपछि प्राप्त भएको सो योजनालाई सफलतापूर्वक कार्यान्ववयनमा लैजान पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले ल्याएको सो योजनामा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुले पेन्सनसहितको सुविधा पाउने व्यवस्था गरिएको छ ।