काठमाडौं, ११ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सहाराबीहिन बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
वरिष्ठ नेता नेपालले बालगृहमा अध्ययन गरेका सहाराबीहिन बालबालिकाका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)मा छुट्टै कोटाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । मंगलबार एक बालगृहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले लोककल्याणकारी काम गर्ने दायित्वप्रति सचेत रहन पनि सरकारलाई आग्रह गरे ।
वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउन सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले देश समृद्ध भएमात्रै सहाराविहिन नागरिकले राज्यबाट राहत पाउने बताए ।