अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति

काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद रेखा शर्माले अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । आईतबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारी समायोजना ऐन संशोधन गर्नुको औचित्य पुष्टि गरेर देखाउन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चुनौति दिइन् ।

सांसद शर्माले लोक सेवा आयोगको सुझावको आधारमा कर्मचारी समायोजनाको कामलाई छिटो टुंगोमा पु¥याउन पनि सरकारसँग माग गरिन् ।

बैठकमा नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर नागरिकता ऐन संशोधन गर्न सरकारलाई सचेत गराए । उनले नागरिकता सम्बन्धि सो विधेयकलाई टुंगोमा पु¥याउन विज्ञहरुसँग आवश्यक परामर्श लिनुपर्ने धारणा राखे ।

समितिको सोमबार (भोली)को बैठकमा नेपाल नागरिक ऐन संशोधन विधयेकमाथि छलफल हुनेछ । समितिकी सभापति शशी श्रेष्ठले भोलीको बैठकमा संशोधनकर्ता सांसदहरुले सो विधेयकका सम्बन्धमा आ– आफ्नो सुझाव राख्ने जानुकारी दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);