काठमाडौं, ९ मंसिर । तानसेन नगरपालिकाले ऐतिहासिक प्रर्यटकिय, पुरातात्विक महत्व बोकेको प्रेमको प्रतिक रानीमहल दरवार परिसरमा सरसफाई गरिएको छ ।
पुरातत्व विभागले १० बर्षको लागी रानीमहल दरवार क्षेत्रको प्रयोग र संरक्षणको लागी तानसेन नगरपालिका हस्तानतरण गरेपछि नगरपालिका दरवार परिसरमा सरसफाई सुरु गरेको हो । प्रेमको प्रतिक रानीमहल दरवार नेपालकै गहना भएको र हालै नगरपालिकाले संरक्षण र रेखदेख गर्ने जिम्मेवारी पाएको यस क्षेत्र लाई सफा सुन्दर बनाउन सरसफाई गरिएको सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए ।
रानीमहल दरवार परिसर लाई सफा सुन्दर बनाईराख्न नगरपालिकाले नियमित रुपमा सरसफाई कर्मचारी खटाउने शाखा प्रमुख भण्डारीले बताए ।