नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो अझै लाग्न सकेन | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो अझै लाग्न सकेन

काठमाडौं, ८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अझै पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउन सकेको छैन । केही दिन यता लगातार पार्टीको सचिवालय बैठक बसेपनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषय टुंगो लाग्न नसक्दा यो विषय पार्टी भित्र थप पेचिलो बन्दै गएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यविभाजनको बारेमा छलफल भएपनि थप गृहकार्य गर्नुपर्ने भन्दै पर्सि सोमबार सम्मका लागि धकेलिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भोली आईतबार थप गृहकार्य गरि सोमबार मात्रै कार्यविभाजनको टुंगो लगाउने निर्णय बैठकमा भएको जानकारी दिए । केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाएपछि मात्रै जनवर्गिय संगठनको एकिकरणको प्रयास सुरु गरिने उनले बताए । लामो समयसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्न नसक्दा पार्टी भित्र असन्तुष्ठी चुलिदै गएको छ ।

ताजा समाचार