सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने महतोकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने महतोकाे चेतावनी

rajendra-mahato

जनकपुरधाम, ८ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता हुने सक्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पहिलो पटक जनकपुरधाम पुगेका अध्यक्ष मण्डलका संयोजक महतोले वर्तमान सरकारलाई आफुहरुले समर्थन गरेपनि पार्टीका मागहरु संम्वोधन नगरेकाले समर्थन फिर्ता लिन सक्ने बताए।

उनले यस विषयमा पार्टीको छिट्टै बैठक हुन लागेको समेत जानकारी दिए । संयोजक महतोले पार्टीको विधान अनुसार सहज रुपमा चक्रिय प्राणाली अनुसार आफु संयोजक बनेको स्पष्ट पारेका छन् । जनकपुरधाममा संयोजक महतोलाई स्वागत गर्न मन्त्री देखि वडा स्तरको सयौँ कार्यकर्ताहरुको वाग्लो उपस्थिती रहेको थियो ।