आफुहरुलाई आतंककारीको पुष्टी गर्न नेकपाको चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आफुहरुलाई आतंककारीको पुष्टी गर्न नेकपाको चुनौति

काठमाडौं, ८ मंसिर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफुहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिएका हुन् ।

सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार हो भनेर संश्लेष गरेको भन्दै यो सरकार कम्युनिष्ट रुपको कांग्रेस समेतलाई उछिन्ने दलाल सरकार भएको उनको आरोप छ ।

आफुहरुलाई गर्ने व्यवहार लगायत सरकारका सबै घटनाक्रमले दलाल पुँजीपति वर्गको सरकार भएको पुष्टी गरिरहेको उनको तर्क थियो । हामी देशद्रोही र जनविरोधी हौ भन्ने ? पुष्टी गर्न सक्छ ?

आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाउने प्रयास भईरहेको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी दिए । उनले भने “हाम्रो पार्टीका विरुद्ध दमन गर्ने सरकारको रुपमा ओली जी र प्रचण्ड जीको पार्टी आएको छ । ओली जीको सरकार आएको छ । रामबहादुर थापाजीको गृहप्रशासन आएको छ । पार्टीलाई अघोषित प्रतिवन्ध लगाउने खेल चलिरहेको छ । तपाईले यो हरकत तुरुन्त रोक्नुहोला । नत्र नेपाली जनताका अगाडि तपाईका पार्टी पनि प्रतिबन्धित हुनेछन् । तपाईहरुका पार्टी प्रतिबन्धित हुनेछन् नेपाली जनताबाट तपाईहरु नेता वहिष्कृत हुनुहुनेछ ।”

मुलुकको राष्ट्रिय संकटको मुल कारक नै वर्तमान सरकार भएको भन्दै उनले निर्णायक क्रान्तिमा सहभागी हुन आव्हान गरे । वर्तमान संकटको समाधान भनेको बैज्ञानिक र एकिकृत जनक्रान्ति र समाजवादको स्थापना भएकाले आफुहरुको आन्दोलनमा सहभागी हुन पनि उनले सबैलाई आव्हान गरे ।

जनसभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताईए पनि उनी सहभागी हुन सकेनन् । जनसभाअघि राजधानी काठमाडौंका विभिन्न स्थानबाट झाँकी सहितको प्रदर्शन गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);