काठमाडौं, ७ मंसिर । यातायात ब्यवस्था विभागले शुक्रबार सवारी चालक अनुमती पत्र आबेदनका लागी अनलाईन फर्म खुलाउने निर्णय गरेको थियो । तर सवारी चालक अनुमती पत्रका लागी फर्म भर्न यातायात कार्यालय पुगेका सेवाग्राहि खाली हात फर्कन बाध्य भए । सरभरमा समस्या देखिएको भन्दै यातायात ब्यवस्था विभागले फारम भर्ने कामै गर्न सकेन ।
यातायात ब्यबस्था विभागले शुक्रबारबाट सवारी चालक अनुमती पत्रको लागी अनलाईन आबेदन खुला गर्यो । पहिले ए र बी प्रकारका सवारीको मात्र आबेदन खुला गरेको विभागले शुक्रबार सबै प्रकारका सवारीका लागी आबेदन खुला गर्यो । आबेदन खुला भएको थाहा पाए पछि सेवाग्रहि फर्म भर्नका लागी यातायात कार्यालयमा पुगे तर उनीहरु ३ घण्टा परखेर फर्म नभरी फर्कन बाध्य भए । धेरै पटक आबेदन खुल्ने आसमा बसेका सेवाग्राहि आबेदन खुले पनी काम नभएपछि निरास भई खाली हात फर्केका थिए ।
यता यातायात ब्यबस्था विभागले भने शुक्रबार बाट सबै प्रकारका सवारीको आबेदन खुला गरेको बताएको छ । आबेदन खुला गरीए पनी सरवरमा समस्या आएका कारण फर्म भर्न नपाएको विभागको भनाई छ । सेवाग्रहि दिन भरी नै काम छोडी सरवर खुल्ने आसमा कार्यालय वरीपरी बसीरहे तर विभागको भने सरवरले काम नगरेको भन्ने प्रतिक्रिया मात्र आईरहयो ।
विभागमा हाल सम्म नविकरण तथा नयाँ सवारीचालक अनुमती पत्रका लागी दश लाख भन्दा बढी आबेदन परेको छ । त्यस मध्ये ५ लाखको हाराहारीमा सवारी चालक अनुमती पत्र बितरण भैसकेको विभागको भनाई छ । सवारी चालक अनुमती पत्र लिनका लागी १५ महिना सम्म कुर्नूपर्ने सेवाग्राहीको बाध्यता छ । उता बिभागको भने सेवाग्राहीलाई छिटो र सहज रुपमा सेवा दिनका लागि प्रयास भइरहेको दाबी छ ।




